खबर पूर्वाञ्चल
दुवै मृगौला फेल भएकोले ४८ बर्षिय पत्रकार दियालीले उपचारका लागि सरकार , समाजिक संघसँस्था र दयालु दाताहरुसँग सहयोगकालागि याचना गरेका हुन् ।
सुनसरीको ईटहरीमा बसेर २९ बर्षदेखि सक्रृय व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकार दियालीले आफनो दुबै मृगौला खराब भएको र उपचारका लागि आफुसँग आर्थिक हैसियत नभएकोले सहयोगकालागि अनुरोध गर्न बाध्य भएको बताए ।
आफु मृगौला रोगी भएकोले उपचारका लागि सहयोग गर्न पत्रकार महासंघ केन्द्रीय र प्रदेश समितिलाई अनुरोध गरिसकेको पत्रकार दियालीले बताए ।
पत्रकार दियाली उच्च रक्त्तचाप र मधुमेहका विरामी पनि हुन् । लामो समय प्रेसर र डाइबेटिजको कडा औषधी सेवन गरेकै कारण आफनो मृगौला खराब भएको हुनसक्ने उनको भनाई छ ।
पत्रकार दियाली ईटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लााष्ट दैनिकमा पत्रकारिता गरेका थिए । उनले ईटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गरेका थिए ।
पत्रकार दियाली दलित हक हितकालागि सक्रृय रुपले लागिपर्दै आएका छन् । उनले सम्पत्तीका नाममा आफुसँग ईटहरीमा एउटा सानो घर मात्र भएको बताए । उनका श्रीमती र एक छोरा छन् ।