animated ellipse animated ellipse

विराटनगरमा एक साता निषेधाज्ञा जारी, बजार विहान १० वजेसम्म खुल्ला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०७८, शुक्रबार १८:२७
2.65k
Shares
विराटनगर / कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिइरहेको विराटनगर महानगर सेरोफेरोमा जिल्ला प्रशासन काार्यलय मोरङले निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले शनिबार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि निषेधाज्ञा घोषणा गरेको हो । कोभिड १९ को दोश्रो लहरबाट संक्रमणको जोखिम बढेकोले नियन्त्रण गर्नका लागि निषेधाज्ञाको आदेश जारी गरेको आदेशमा उल्लेख छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको हो । अन्य पालिकाहरूमा सङक्रमण दर कम भएका कारण निषेधाज्ञाको निर्णय नभएको उनले बताए ।
निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसलहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

दैनिकरुपमा नित्य गरिने पूजा प्रार्थना बाहेक सबै धार्मिक सांस्कृतिक कार्य, मेला, चाडपर्व, हाटबजार, लगायत सामुहिक गतिविधि नगर्न पनि जिल्ला प्रशासन कार्यालय मोरङले आदेश दिएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, खानेपानी, सञ्चार, बैक, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, पशुआहार ढुवानीका साधन, एम्बुलेन्स, शव वहान, सरकारी नम्बरका साधनहरुबाहेक अन्य सञ्चालन नगर्न भनिएको छ ।

छिमेकी मुलुक भारतसग हुने आवागमन पूर्णरुपमा बन्द गर्ने, रातिको समयमा ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने, उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरे कानून बमोजिम कारवाही हुने, होटल रेष्टुरेन्टहरु होम प्याक तथा होम डेलिभरी प्रयोजनका लागि मात्र खुला रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर