ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ६ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०७९, बिहीबार १२:३२
306
Shares
विराटनगर / विराटनगर महानगरपालिकामा ६ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर १२ का ३८ वर्षीय सजन कामत बालिका बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

गत शुक्रबार दिउँसो कामतले घरमा कोही नभएको मौका छोपेर ती बालिकालाई बलत्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

पिडित बालिकाको बावु ज्याला मजदुरी काम गर्दछन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् । बलत्कार आरोपमा पक्राउ परेका कामत अबिवाहित हुन् । पिडित बुबाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । घरको विद्युतमा समस्या आएपछि पीडित बालिकाका बुबाले इलेक्ट्रिसयन कामतलाई बोलाएर आफू काममा हिँडेका थिए ।

विद्युतमा आएको समस्याको हल गरेपछि घरमा एक्लै बसेकी बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । पीडित बालिकाले घटनाबारे छिमेकी सुनाएपछि घटना बाहिर आएको हो ।

प्रहरीले बुधबार कामतलाई मोरङ अदादतमा जवरजस्ती करणाी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ । पीडित बालिकाको बुधबार विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर