animated ellipse animated ellipse

एमाले विराटनगर महानगर कमिटीको शुभकामना आदान-प्रदान र चियापान कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० आश्विन २०८१, आईतवार १६:३१
117
Shares
विराटनगर/ नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको चाडपर्व लक्षित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

विराटनगरमा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा आउँदै गरेको चाडपर्व लक्षित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको हो।

महानगर संगठन कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीका बलियो बनाउन सम्पूर्ण पार्टी पङ्क्ति नीति र नेतृत्वको रक्षामा केन्द्रीत हुनु पर्ने बताए। राईले एमाले पार्टी बलियो भए मुलुकले राजनीतिक निकास पाउने बताउँदै नेता कार्यकर्ताको सकारात्मक उर्जा पार्टीलाई सफल बनाउन खर्च गर्नु पर्ने धारणा व्यक्त गरे।

एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले कुनै समय जननेता मदन भण्डारीले नेतृत्व गर्नु भएको महानगर कमिटीले पाएको नयाँ नेतृत्वले विराटनगरमा पार्टीलाई सफल बनाउने गरि लाग्न सुझाव दिए। चाडपर्वले सञ्चार गर्ने सकारात्मक उर्जाले महानगर कमिटीले राजनीतिक मात्र नभएर सकारात्मक सामाजिक मुद्दाको उठान गर्न पनि सफल हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आउँदै गरेको चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै महानगर कमिटीले विराटनगरलाई पुनः लाल किल्ला बनाउने गरि लाग्नु सुझाव दिए।

एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले छोटो समयमा महानगर कमिटीले देखाएको सक्रियताको प्रशंसा गर्दै कमिटीलाई नेताको पछि नभएर नीतिको पछि लागेर कार्य गर्न निर्देशन दिए। बस्नेतले जिल्ला संगठन कमिटीले महानगर कमिटीमा देखिएको अन्योलता चिर्दै नविन समाधान दिएकोले कमिटीलाई सक्रियता साथ राजनीतिक तथा सामाजिक गतिविधि संचालन गर्न सुझाव दिए।

मोरङ जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले पार्टीको मिसन ८४ को लक्ष्य पूरा गर्न सम्पूर्ण पार्टी एकजुट भएर लाग्नु पर्ने धारणा व्यक्त गरे । महानगर कमिटीका अध्यक्ष कोइरालाले कमिटीको प्रथम बैठकको निर्णय अनुसार शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरिएको बताउँदै चाडपर्व लगतै कमिटीले बैठकबसी माथिल्लो कमिटीका नेताहरुले दिनु भएको सल्लाह(सुझाव र निर्देशन अनुसार पार्टीले कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर