खबर पूर्वाञ्चल
दुर्गम पालिकाको रुपमा रहेको यस गाउँपालिकाले स्पष्ट योजनाका साथ काम गरे जुनसुकै क्षेत्रको बिकासमा समेत सफलता हासिल गर्न सकिने उदाहरण पेश गरेको छ ।
जनताका सामान्य अपेक्षाका रुपमा रहेका बाटो, नाला र अन्य पूर्वाधारका क्षेत्रमा मात्र होइन जहदा गाउँपालिकाले आफुलाई स्वास्थ क्षेत्रको बिकासका सबालमा समेत अब्बल रहेको देखाएको छ । सरकारबाट प्राप्त सशर्त कार्यक्रम र पालिकाको आफ्नो बजेटका बिच तालमेल मिलाउन सक्दा जनतालाई अनुभुत हुने गरिका लोकप्रिय कार्यक्रमहरु सफल रुपमा संचालन गर्न पालिका सक्षम बनेको छ ।
बिश्व आक्रान्त बनाएको कोरोनाका कारण बि.सं. २०७६ साल चैत्र ११ गतेबाट देशभरी नै लकडाउन घोषणा भएपछि पालिकाले स्थानीय दुर्गा मा.बि.मा १५ सैयाको कोभिड अस्पताल संचालनमा ल्याएको थियो । कोरोना त्रासका बिच एक जना बिशेषज्ञ चिकित्सक र २ जना नर्सका साथमा संचालनमा ल्याएको कोभिड अस्पतालबाट दुई वर्ष निरन्तर सेवा प्रवाह गरेको थियो ।
प्रदेश १ को राजधानी विराटनगरबाट करिव १५ किलोमिटरको दुरीमा रहेको पालिकाले स्थानीयको स्वास्थ सुबिधाकालागी हाल ५ वटा स्वास्थ्य चौकी, २ वटा आधारभुत स्वास्थ केन्द्र संचालनमा ल्याएको छ । पालिकाको वडा नं. ५ मा रहेको मझारे स्वास्थ चौकीबाट बिशेष ल्यावको सुबिधा समेत संचालनमा ल्याएको पालिकाले बुधनगर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर बाट समेत सेवा प्रदान गरिरहेको छ । निकट समयमा सबै स्वास्थ केन्द्रबाट ल्यावको सुबिधा समेत संचालमा ल्याउन लागेको छ । पालिकाले संचालन गरेका स्वास्थ केन्द्रहरुबाट परिवार नियोजन सेवा, नियमित खोप सेवा, प्राथमिक उपचार सेवा, नियमित निशुल्क सुत्केरी जाँच लगायतका सेवाहरु उपलब्ध हुदै आएका छन ।
जहदा गाउँपालिकाले मुस्लिम बाहुल्यता रहेका वडा नं १ र ७ मा बिशेष स्वास्थ सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ । “सन्तान इश्वरको देन” भन्ने र जन्मान्तरका लागी कुनै पनि अस्थायी/स्थायी साधनको प्रयोग नगर्ने समुदायको मानसिकतामा परिवर्तन ल्याउन पालिकाले संचालन गरेका कार्यक्रमहरुबाट मुस्लिम समुदायका महिलाहरुले परिवार नियोजनका साधनहरुको प्रयोग गर्न थालेका छन भने जन्मान्तरमा समेत सफलता हासिल भएको छ ।
पालिकाको अधिकाशं क्षेत्र ग्रामिण इलाका भएका कारण स्वास्थ क्षेत्रमा कार्यरत कर्मचारी र सहयोगीहरुको मनोबल उच्च बनाउन समेत बिशेष योजना संचालनमा रहेका छन । चेतनाको अभावका कारण स्थानीयहरु स्वास्थ्य संस्था सम्म नै नपुग्ने जस्ता समस्याका लागी पालिकाले सुरक्षित सुत्केरी जाँच कार्यक्रम संचालन गरिरहेको छ । सो सेवा अन्र्तगत नर्सिङ स्टाफबाट घरमै पुगेर आमा र बच्चाको नियमित जाँच साथै पोषण, स्वास्थ र अपागंताको समेत जाँच गर्ने गरेको छ ।
स्वास्थ संस्थासम्म पुगेका गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्सरे लगायतका सेवा प्रदान गर्दै आएको छ ।
गाउँपालिकाले स्वास्थ क्षेत्रमा सार्वजनिक गरेको लोकप्रिय कार्यक्रम अन्र्तगत मोतिबिन्दुका बिरामीहरुकालागी प्रोत्साहन भत्ता र पाठेघरका बिरामीहरुकालागी सहयोग कार्यक्रम समेत सफल देखिएका छन ।
मोतिबिन्दु र पाठेघरको अप्रेसन गरेका बिरामीहरुले अप्रेसन गरेको पुर्जा, नागरिकताको प्रतिलिपी र सम्बन्धित वडाको सिफारिस लिएर पालिकाबाट क्रमश २ हजार र ५ हजार रुपैैया सहयोग प्रोत्साहन रकम लिने गरेका छन । सो कार्यक्रमका लागी पालिकाले आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ५० हजार रुपैया बितरण गरिसकेको छ ।