AArya
RUMPUM
animated ellipse animated ellipse

तस्करी गरि ल्याएको सामान नियन्त्रणमा लिन विराटनगरमा हवाई फायर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ मंसिर २०७७, आईतवार १२:५१
1.28k
Shares
विराटनगर / भारतदेखि अवैध रूपमा तस्करी गरि ल्याएको सामान र तस्करीमा लागेको गिरोहलाई पक्राउ गर्न प्रहरीले विराटनगर महानगरपालिका–१७ मटेरुवामा आज बिहान हवाई फायर गरेको छ ।

प्रहरीले हवाई फायर गरेर नेपाल–भारत सीमा क्षेत्रबाट एक जनालाई नियन्त्रणमा लिँदै तस्करीको सामान बरामद गरेको छ । प्रहरी र तस्कर समूहबीच भएको दोहोरो घम्साघम्सीका क्रममा एक जना प्रहरी जवानको हातको औंलामा चोट लागेको छ ।

हवाई फायर गरेर भारतदेखि तस्करी गरि ल्याएको एक बोरा बेल्ट(पेटी) र तस्करीमा संलग्न विराटनगरकी ३३ वर्षिय रविना खातुनलाई प्रहरीले नियन्त्रणमा छ ।

भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा विहान ४ बजेतिर अवस्था तनावपूर्ण बनेको हो । दुई जना सादा पोसाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर एक दर्जन बढीको संख्यामा रहेका तस्करको समूहले अवरोध पुर्याएपछि एक राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

‘तस्करीको सामान ल्याएको जानकारी आएपछि सादा पोशकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोजिएको थियो,’ एसपी खड्काले भने, ‘हुलहुज्जत गरि प्रहरीमाथि जाइलागेपछि एक राउण्ड हवाई फायर भएको हो ।’

हवाई फायर गरेपछि तस्कर समूह तितरवितर भएको जानकारी खड्काले दिए । पक्राउ परेकी महिलाविरुद्ध कारबाही अघि बढाउन थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । फरार भएकाहरूको पनि प्रहरीले खोजी कार्य तिव्र बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर