AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र लिए पद तथा गोपनियताको शपथ, साहसँगै नवनियुक्त मन्त्रीले पनि लिए शपथ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०८२, शुक्रबार १२:५१
180
Shares
विराटनगर/नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा ब्राम्हण बटुकले स्वस्तिकवाचन र लामाले मंगलवाचन गरेपछि साहले शपथ ग्रहण गरेका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलो पटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलो पटक हो ।

काठमाण्डौ महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका साह पहिलो पटक संसद् छिर्ने बित्तिकै प्रधानमन्त्री बनेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

नवनियुक्त प्रधानमन्त्री साहसँगै आज नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।ै

साहको नेतृत्वमा बनेको सरकारमा १५ सदस्यीय मन्त्रिपरिषद् सदस्य छन् ।

को को बने मन्त्री ?

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयकाे जिम्मा पाएका छन् ।

विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् ।

खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् ।

विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् ।

सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर