animated ellipse animated ellipse

एचआईभी रोकथाम र नियन्त्रणमा जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ श्रावण २०८१, बुधबार १५:५९
27
Shares
विराटनगर / एचआईभी÷एड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र एचएफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन तथा एचआईभी÷एड्स कार्यक्रम र वस्तुहरूको लागि खरिद संयन्त्र सम्बन्धी कार्यशालामा सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले एचआईभी÷ एड्स न्यून गर्ने नीतिका साथ कार्यक्रम लक्षित गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।

एचआइभी÷एड्सलाई प्राणघातक रोगबाट दीर्घरोगको रुपमा परिभाषित गरी यसको नियन्त्रण तथा उपचारमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा.राधिका थपलियाले एचआइभी रोकथाम र नियन्त्रणको लागि पाँच वटा विषयलाई किलियर गरेर अगाडी बढनुपर्ने बताइन् । उनले डुमेन्टमा काम गर्नेको क्षमतामा अभिवृद्धी गरिनुपर्ने र मोनिटरलाई प्रभावकारी बनाएर अगाडी बढाउनुपर्ने बताइन् । एचआइभीको कार्यक्रम थुप्रै हुँदा पनि सचेतालाई प्रभावकारी बनाएर अगाडी बढाए यसको रोकथाम र नियन्त्रण हुने उनको भनाई छ ।

नेशनल एसोसिएसन अफ पिपुल लिभिङ विइथ एचआईभी महासंघ ( एनएपि प्लस एन) कोशी प्रदेशका सुपरभाइजर रोमन कुमार राइले प्रदेशमा ४ हजार बढी एचआइभि संक्रित रहेको जानकारी दिदै २ हजार ४ सय ७ जनाले नियमित औषधी सेवन गर्दै आएको बताए । जसमध्ये ८७ जना एचआइभी संक्रिमत बालवालिका रहेको उनले बताए । एचआइभी संक्रिमतको शल्यक्रियामा सरकारी अस्पताबाट नहुँदा उपचारबाट बन्चित हुनुपरेको बताए । ‘अहिले पनि एचआइभी संक्रिमतको शल्यक्रिया सरकारी अस्पतालहरुमा हुदैन । यसरी संक्रितहरुको शल्यक्रिया नहुँदा रोग पालेर बस्नुपर्ने अवस्था रहेको छ,’ उनले भने, ‘शल्यक्रिया गरिनुपर्ने संक्रिमतहरु धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा जनुपर्ने अवस्था रहेको छ ।’

कोशी अस्पतालमा संक्रमितको शल्यक्रिया बाहेकको मात्रै स्वास्थ्य उपचार हुने गरेको छ । राज्यले सबै सरकारी अस्पतालहरुमा संक्रमितहरुको शल्यक्रिया हुने व्यवस्था गरिनुपर्ने उनले माग राखे ।

एनसीएसीका निर्देशक सर्वेस शर्माले एआरटिमामा पठाएको उपकरणहरु गुणस्तरीय भए उपचारमा सहज हुने बताए । उनले एआरटिममा पढाएको उपकरण तेही हुनुपर्ने बताए । ‘अहिले एआरटिमा पढाएको उपकरणहरु हाकिमको कोठामा राखिएको पाइएको छ,’ उनले भने, ‘यो बिकृती हो । यस्तो कार्य कसैले पनि गरिनु हुदैन ।’

एचएफ नेपाल निर्देशक दिब्यराज जोशीले आफुहरु नेपाल सरकार सँग मिलेर एचआइभि एड्स रोकथाम र नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको बताए । उनले आगामी दिनमा एआर्टी सेन्टरलाई अझ परिस्कृत गर्दै अघि बढ्न आफुहरु सदैव तयार रहेको बताए । अहिले कोशी अस्पताल र भद्रपुर अस्पतालबाट एचएफ नेपालको सेवा सुरु भएको उनले जानकारी गराए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका दिर्नेशक ज्ञानबहादुर बस्नेत, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहतालगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर