RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा फेरी क्रिकेट शूरु, वाइआरसिसि र डिसिएको विजय शूरुवात

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० चैत्र २०७७, शुक्रबार ०७:३६
5.46k
Shares
विराटनगर / पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भइरहेको विराटनगर २०–२० क्रिकेट प्रतियोगितामा वाइआरसिसि र डिसिए विजयी भएका छन् ।

पहिलो खेलमा वाइआरसिसिले विराटनगर सिटी क्रिकेट एकेडेमीलाई १ सय ४० रनको विशाल रनले पराजित गरेको छ भने दोस्रो खेलमा डिसिएले एवाइसिलाई २ रनले रोमाञ्चक जित हात पारेको छ ।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको वाइआरसिसिले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २ सय २४ रनको विशाल योगफल बनाएको थियो । जस्मा म्यान अफ द म्याच नेपालबाट अन्तराष्ट्रिय खेल खेलेका हेलिकप्टर व्वाई सिद्धान्त लोहलीले ३६ बलमा ५ छक्का र ८ चौका प्रहार गर्दै ७० रन र सोमान्कर उराँवले ४३ बलमा ६६ रनको योगदान लिए ।

विराटनगरका योगेश विकले सर्वाधिक २ विकेट लिए ।
२ सय २५ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभर खेल्दै ९ विकेट गुमाई ८४ रनमा सिमित भयो । जस्मा मिक्की लिम्बुले ३१ रन र हेमन्त वानियाले नट आउट २४ रन बनाए । वाइआरसिसिका अजय राजवंशीले ४ ओभर बलिङ गर्दै ९ रन दिएर ४ विकेट लिए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको डिसिएले निर्धारित ओभरमा ९ विकेट गुमाई ९४ रन बनायो । जस्मा म्यान अफ द म्याच विकेक झाले सर्वाधिक ३३ रन बनाए । एवासिका लव कामतले २ विकेट दिए । ९५ रनको समान्य लक्ष्य पछ्याएको एवाइसिले पनि पुरै ओभर खेल्दै ८ विकेट गुमाई ९२ रन मात्र बनाउँन सक्यो । जस्मा लव कामतले ४७ रन बनायो । डिसिएका विकेक झाले ३ विकेट दिए ।

चैत्र २८ गतेसम्म हुने प्रतियोगितामा मोरङ र सुनसरीका १२ टिम सहभागि भएको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर