खबर पूर्वाञ्चल
पहिलो खेलमा वाइआरसिसिले विराटनगर सिटी क्रिकेट एकेडेमीलाई १ सय ४० रनको विशाल रनले पराजित गरेको छ भने दोस्रो खेलमा डिसिएले एवाइसिलाई २ रनले रोमाञ्चक जित हात पारेको छ ।

विराटनगरका योगेश विकले सर्वाधिक २ विकेट लिए ।
२ सय २५ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभर खेल्दै ९ विकेट गुमाई ८४ रनमा सिमित भयो । जस्मा मिक्की लिम्बुले ३१ रन र हेमन्त वानियाले नट आउट २४ रन बनाए । वाइआरसिसिका अजय राजवंशीले ४ ओभर बलिङ गर्दै ९ रन दिएर ४ विकेट लिए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको डिसिएले निर्धारित ओभरमा ९ विकेट गुमाई ९४ रन बनायो । जस्मा म्यान अफ द म्याच विकेक झाले सर्वाधिक ३३ रन बनाए । एवासिका लव कामतले २ विकेट दिए । ९५ रनको समान्य लक्ष्य पछ्याएको एवाइसिले पनि पुरै ओभर खेल्दै ८ विकेट गुमाई ९२ रन मात्र बनाउँन सक्यो । जस्मा लव कामतले ४७ रन बनायो । डिसिएका विकेक झाले ३ विकेट दिए ।
चैत्र २८ गतेसम्म हुने प्रतियोगितामा मोरङ र सुनसरीका १२ टिम सहभागि भएको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।