पूर्वाञ्चल खबर
त्यसअघि दिउँसो ३ बजे पानीको बहाव १ लाख ९० हजार ३९० क्यूसेक मापन गरिएको थियो ।पानीको बहाव खतराको तहनजिक पुगेपछि कोसी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ । पानीको सतहले खतराको तह छुन लागेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा गाडिएको छ भने रातो बत्ती समेत बालिएको छ ।
नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेकाले प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, सर्वसाधारणलाई अनावश्यक रूपमा नदी किनारमा नजान र सुरक्षा सावधानी अपनाउन समेत सचेत गराइएको छ ।