पूर्वाञ्चल खबर
पथरीशनिश्चरे–१० का ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो । आज विहान बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले साईकलयात्री खड्कालाई ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए । टाउकोमा चोट लागेका खड्काको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।