RUMPUM
animated ellipse animated ellipse

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ फाल्गुन २०८०, शनिबार १७:३२
918
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव र अभिभावक भेला मनाएको हो ।

उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले गरे । कार्यक्रममा बोल्दै उनले प्रविधिसहितको सीपमुलक शिक्षा आजको आवश्यकता भएको बताए । उनले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगरले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर विद्यालय अगाडी बढनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल परेश पोखरेलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कठिबद्ध भएर लागि परेको बताए । विद्यार्थीहरुलाई प्रविधिसहितको रोजगारमुखी शिक्षा दिएर विद्यालय अगाडी बढेको उनले बताए ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर