विराटनगर / ‘व्यायाम गरौ, रोग भगाऔं’ नाराका विराटनगर महानगरपालिकाका–५ स्थित त्रिमूर्ति चोकमा आजदेखि खुल्ला व्यायाम सञ्चालनमा आएको छ ।
महानगरपालिका र लायन्स क्लव शुभमको सात लाख ५० हजार लगानीमा स्थापित उक्त्त व्यायामशालाको उपभोक्ता समितिले आगामी दुई वर्षसम्म रेखदेख, आवश्यक मर्मत सम्भार र सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यायामशालाको उद्घाटन गर्दै नगरले उत्तर, दक्षिण, मध्य र अन्य स्थानमा खुल्ला व्यायामशालाको निर्माणका लागि चालु वर्षमा वजेटको व्यवस्था गरेको जानकारी दिदै यस केन्द्रको स्थापनाले समाजमा उदारणीय भएको विचार व्यक्त गरे । उनले रोग लाग्नु भन्दा अगाडि रोकथामको उपाय गर्नु उत्तम हुनाले हामीले हामीले खानपान, व्यायाम गर्नु आवश्यक भएको धारणा राख्नु हुदै नगरले प्रत्येक वडामा पार्क, व्यायामशाला र बालबालिकाको खेलक्षेत्र निर्माणको सोचले कार्य गरिरहेको बताए ।
लायन्स क्लव शुभमकी अध्यक्ष मनिका शर्माले व्यायम गर्नका लागि रकम तिर्न नसक्ने उपभोक्तालाई निःशुल्क सञ्चालित यस व्यायामशालाको उपभोगबाट स्वस्थ्य रहन सहयोग पुग्ने हुनाले उद्देश्यले स्थापित गरिएको बताइन् । लायन्स क्लवका राजन खत्री ,चन्द्र श्रेष्ठ र उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद पोखरेलले व्यायामशाला स्थापनाबाट यस क्षेत्रका ज्येष्ठ नागरिक तथा युवायुवतीलाई स्वास्थ्यप्रति सचेत रहन जागरुक गराउने विचार व्यक्त गरे ।
उपभोक्ता प्रमोद खतिवडाले व्यायामशाला स्थापनाले प्रातःकालमा हिडडुलका साथै व्यायाम गर्नाले स्वस्थ्य जीवन यापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । स्थापित खुल्ला व्यायामशाला प्रदेश नं १ मा पहिलो रहेको हो ।
तपाईको प्रतिक्रिया