ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘क्यालिसथेनिस ’ व्यायाम प्रदेशमा पहिलो पटक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ पुष २०७८, बुधबार १५:४४
1.01k
Shares
विराटनगर / युवाहरुलाई खेलकूदको माध्यमबाट स्वस्थ्य एवं लागु पदार्थको दुव्र्यवशनीबाट जोगाउन ‘क्यालिसथेनिस’ व्यायाम सम्वन्धी एक दिने कार्यशाला गोष्ठीको विराटनगरमा आयोजना हुने भएको छ ।

विराटनगरको टिजिआईपि जिमले आगामी माघ एक गते विश्वमा लोकप्रिय सौन्दर्य र शक्तिको प्रतिकका रुपमा लिइने ‘क्यालिसथेनिस’ शरीरको बजनको आधारमा घरमा गर्न सकिने व्यायाम भएको आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जिमका संचालक डभिड एकेले विना कुनै उपकरण घरमा व्यवस्थित रुपमा शारीरिक अभ्यासमको माध्यमवाट गरिने यस व्यायामको युवा समुदायमा जनचेतना जागृत गराउने कार्यशाला गोष्ठीको आयोजना गर्न लागिएको जानकारी दिए । उनले यो व्यायाम एथलिट सैन्य कर्मचारहरुका साथै बालबालिकहरु माझ समेत लोकप्रिया बन्दै गएको र यसको माध्यमवाट शरीरलाई आकारमा राख्न मद्दत पुग्ने बताए ।

जिमका श्रीजन प्याकुरेलले काठमाण्डौ,ललितपुर र भक्तपुर पछि पहिलो पटक विराटनगरमा यस प्रकारको कार्यक्रम गर्न लागिएको र आगामी दिनमा प्रदेश १ का अन्य क्षेत्रमा समेत गर्ने जानकारी दिए । गोष्ठीमा प्रदेशका ३५ जना सहभागिहरुले भाग लिने जिमका एडोलिस क्षेत्रीले बताए । यस व्यायामको अभ्यासले व्यक्तिको बल, शहनशिलता, लचिलोपन र शरीरका अङ्गहरु वीच समन्वयको विकास गर्ने छ । क्यालिसथेनिस पुरातन रुपमा ग्रिसमा विकासित भएको खेल हो भने या ग्रिक शब्दवली हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर