खबर पूर्वाञ्चल
संघले विराटनगरमा आज तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य प्रदिपकुमार दासले स्वच्छ, निष्पक्ष र मयार्दित रुपमा व्यापार व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गरेको गरे ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका उपाध्यक्ष धनबहादुर काफ्लेले चिकित्सकले लेखिदिने पूर्जीमा औषधीको नाम नबुझ्ने तरिकाले लेखिदिदा विरामीलाई औषधी दिन समस्या हुने गरेको बताए । चिकित्सकले विरामीको पूर्जीमा औषधी नाम लेख्दा प्रष्ट तरिकाले बुझनको लागि क्यापिटल अक्षरमा औषधीको नाम लेखिदिन उनले आग्रह गरे । कार्यक्रममा नेपाल फर्मासिस्ट एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शम्भू साह, नेपाल चिकित्कस संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र चौधरीलगायतले बोलेका थिए ।
संघका अध्यक्ष देशबन्धु ढकालको सभापतिमा भएको कार्यक्रमको संचालन महासचिब अरुण ब्राहमणले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तब्य संघका उपाध्यक्ष जितु रजकले राखेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एनसिडिए मोरङमा एकताबद्ध भएर व्यवसायीहरुको हकहितमा काम गर्दै अगाडी बढेको बताए । बाहिर बजारमा हल्ला भएजस्तो संघमा कुनै पनि विवाद नभएको भन्दै उनले व्यवसायीहरुको हकहितमा संघ सक्रिय रुपमा अगाडी बढने उनले बताए ।