विराटनगरमा कराँतेको प्रशिक्षण सुरु

खबर पूर्वाञ्चल, ८ श्रावण २०७९, आईतवार १८:३०
252
Shares
विराटनगर / विराटनगर – १६ मा सितेरीयो कराँते प्रशिक्षण सुरु भएको छ ।

विराटनगर १६ रानीस्थित रानी युवा क्लबमा कराँतेको प्रशिक्षण सुरु भएको हो ।

कराँतेका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले सितेरीयो कराँते प्रशिक्षणको उद्घाटन विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले गरेका छन् । कराँतेको प्रशिक्षण प्रत्येक दिन विहान ६ बजेदेखि ७ बजेसम्म एक घण्टासम्म रानी युवा क्लबमा हुनेछ । कराँतेको प्रशिक्षण प्रशिक्षक चौथो डाँन रीना श्रेष्ठ र सहायक प्रशिक्षक दोस्रो डाँन ज्योतिकुमारी महतोले दिनेछन् ।

विराटनगर क्षेत्रमा कराँतेमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य अनुसार कराँतेको प्रशिक्षण सुरु गरिएको प्रशिक्षक चौथो डाँन श्रेष्ठले बताइन् । ‘यो प्रशिक्षण अब निरन्तर रूपमा चल्नेछ,’ उनले भनिन, ‘आत्म रक्षाको लागि पनि कराँते सिक्न जरुरी रहेको छ ।’ उनले कराँते खेलको विकासमा राज्यले पनि लगानी गरिनुपर्ने बताइन् । तीन तहको सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै विराटनगर १६ का वडाध्यक्ष भुजेलले विराटनगर क्षेत्रमा कराँतेका खेलाडी उत्पादन गरिनुपर्ने बताए । त्यसको लागि वडा कार्यालयले पनि सहयोग गर्ने उनले बताए । खेलाडी राष्ट्रको गहना भएकोले खेल क्षेत्रको विकासमा ध्यान दिएर अगाडी बढ्ने उनले बताए ।

कार्यक्रममा मिल्स गोल्ड कप ट्रस्टका अध्यक्ष किशोर शाही, कोषाध्यक्ष विष्णु डंगोलले, रानी युवा क्लबका अध्यक्ष संजिव सुब्बा, समाजसेवी किशोर सुब्बालगायतले खेलकुद क्षेत्रलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्राथमिकता राखेर बजेट बिना योजन गरिनुपर्नेमा जोड दिए । खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकता राखे मात्र यस क्षेत्रको विकास हुने उनीहरूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५