प्रदेश १ मा पछिल्लो समयमा संक्रमित भन्दा निको हुने बढे, ९५४ जना संक्रमणमुक्त थपिए २२७ जना संक्रमित

खबर पूर्वाञ्चल, १२ असार २०७८, शनिबार १७:०७

विराटनगर/ पछिल्लो समयमा प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित भन्दा संक्रमण मुक्त हुने बढेका छन् । पछिल्लो २४ घण्टामा ९५४ जना संक्रमणमुक्त भ एभने २२७ जना संक्रलमित थपिएका छन् ।

संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ ।

प्रदेश १ मा थपिएका २२७ जना संक्रमित मध्ये सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७१, सुनसरीमा २७, रामधुनी र दुहवीमा ३–३, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरे र केराबारीमा १३–१३, मिक्लाजुङ र रतुवामाईमा ३–३, सुनबर्षीमा २, धनपालथान, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको दमकमा ९, भद्रपुरमा ८, हल्दिबारी, मेचीनगर र विर्तामोडमा ३–३, अर्जुनधारा र बा¥हदशीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरमा १, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा १ र र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार १९१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ६४९ रहेको छ । प्रदेश १ मा आज ६६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०३ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या ११७३ पुगेको छ । जस्मा ३५१ महिला र ८२२ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरी र पाँचथरका ६–६ जना संक्रमितको मृत्यु भएको छ भने झापाका १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५