animated ellipse animated ellipse

भेन्लिेटर अभावका कारण वडाध्यक्ष यादवको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०७७, शनिबार १८:१६
3.2k
Shares
सुनसरी / अस्पतालमा भेन्लिेटर अभाव भएको सुनसरीको कोशी गाउँपालिकाका २ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ ।

उपचारका लागि अस्पताल लगिएपनि कोरोना भाइरसका कारण अस्पतालहरुमा भेन्लिेटर अभाव भएकोले समयमै उपचार नपाउँदा यादवको मृत्यु भएको हो । आज दिउँसो घरमै बसिरहेको बेला अध्यक्ष यादवलाई हर्टअट्याक भएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

उपचारका लागि अस्पताल लगिएपनि कोरोना भाइरसका कारण अस्पतालहरुमा भेन्लिेटर खाली नभएका कारण समयमै उपचार नपाउँदा यादवको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारील जानकारी दिए । विराटनगर र धरानका अस्पतालमा भेन्टिलेटर नभएको जानकारीपछि उनलाई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । ढिलोगरी अस्पताल लगिएकोले उनको मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर