animated ellipse animated ellipse

प्रदेश १ मा आज थप ६१ जनामा संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ कार्तिक २०७८, सोमबार १९:०८
513
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६१ जनामा कोरोना संक्रमण भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १३, रंगेलीमा ३ र बेलबारीमा २, झापाको मेचीनगर र भद्रपुरमा ५–५, दमकमा २, विर्तामोड, बुद्धशान्ति, शिवसताक्षी, बाहृदशी र अर्जुनधारामा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र गढीमा १, इलामको चुलाचुली र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर