RUMPUM
animated ellipse animated ellipse

लैंगिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७९, सोमबार २०:५५
585
Shares
विराटनगर/ लैंगिक हिंसामा परेकाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

विराटनगर महानगरपालिकाको सहकार्यमा एवीसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एवीसीले प्रभावितहरुलाई जीवन उपयोगी तालिम दिएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर अन्तरक्रिया गरेको थियो । महानगरका कार्यबाहक मेयर प्रकाश साहले हिंसा प्रभावितहरुको जीविकोपार्जनका लागि प्रभावकारी तालिम दिनुपर्ने बताए । सीपमूलक तालिम लिएर पनि हिंसा प्रभावितहरुले आयआर्जन गर्न नसकेको उनको भनाइ थियो ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एवीसीकी अध्यक्ष विष्णु शर्मा पन्तले १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्यक्ष ५ जनामध्ये १ जनामाथि हिंसा हुने गरेको सुनाए । उनका अनुसार एवीसीले सञ्चालन गरेको सेफ हाउसबाट २३ जनाले सेवा लिइरहेका छन् । एवीसी नेपालले विराटनगरसहित ओखलढुंगा र उदयपुरका विभिन्न पालिकामा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सञ्चालन गरिरहेको छ ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टीकाबहादुर कार्की, कानुन व्यवसायी कविता बस्नेत, महानगरको महिला तथा बालबालिकाका शाखाका प्रमुख डिल्ली धिमालले हिंसा प्रभावितलाई तालिम दिँदा उनीहरुको रुची र क्षमतालाई पनि ध्यान दिनु आवश्यक रहेको बताएका थिए । एवीसी नेपालकी सेल्टर प्रमुख सिर्जना भण्डारीले परियोजनाअन्तर्गत ५ महिनामा एवीसीले गरेका कामका विषयमा जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर