AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एक वर्षभित्रै उत्पादन सुरु गर्ने कोशी एन के मोटर्सका अध्यक्ष टिकाराम पुरीको दाबी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ बैशाख २०८१, सोमबार १८:२४
198
Shares
विराटनगर / विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्देृश्यका साथ चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झोता गरेको कोशी एन के मोटर्स प्रा।लिले एक वर्षभित्रै उत्पादन शुरु गर्ने बताएको छ ।

कोशी एन के मोटर्स कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्ष भित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट काम गरिने बताए । उनले सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारी साधन उत्पादन हुने र क्रमशः सबै किसिमका सवारी साधन उत्पादन गरिने जानकारी दिँदै कम्पनी स्थापनाको लागि काम तिब्रतर गतिमा अघि बढाइने बताए । यस्तै उनले सम्झौता भएपछि केहि सञ्चारमाध्यममा आए जस्तो कम्पनीका लागि चिनियाँ कम्पनीले लगानी गर्ने कुरा गलत र भ्रामक रहेको समेत बताए।

अध्यक्ष पुरीले भने,‘लगानी कोशी एन के मोटर्सले नै गर्ने हो, चिनीयाँ कम्पनीले हामीलाई प्राविधिक सहयोग गर्ने हो । त्यस कम्पनीका पार्टस् तथा आवश्यक कच्चा पदार्थ हामीले खरिद गर्ने तथा दुई वर्षसम्म दक्ष प्राविधिक हामीलाई सहयोग गर्ने सम्झौता भएको हो ।’ नेपालमा लगानी सम्मेलन चलिरहेको अवस्थामा केहि सञ्चार माध्यमहरुले त्यस सँग जोडेर चीनियाँ कम्पनीको लगानी भन्ने विषय जोडेर समाचार आएपछि आफुहरुको समेत ध्यानाकर्षण भएको भन्दै अध्यक्ष पुरीले त्यस्तो भ्रममा नपर्न समेत आग्रह गरे। उनले नेपालमा उत्पादन हुने सवारी साधन नेपाली ब्राण्डकै हुने समेत जानकारी दिँदै यसलाई नेपालको उत्पादन भनेर सबैले गौरव गर्नसक्ने बताए। नेपालमै सबै किसिमका चार पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ बैशख १७ गते कोशी एन के मोटर्स प्रालि र चाईनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेड बिच द्धिपक्षीय सम्झौता भएको थियो ।

कोशी एन के मोटर्सले मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा कम्पनी सञ्चालको तयारी गरेको छ । सुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर