AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रसेवक सहकारी रजत महोत्वको उपलक्ष्यमा १३ पुरस्कार वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ पुष २०७९, शुक्रबार १८:३६
117
Shares
विराटनगर / राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरले आफ्नो २५ रजत जयन्ती विभिन्न सामाजिक कार्य गरि भव्यरुपले मनाउने भएको छ ।

संस्थाले रजत जयन्तीको पूर्व सन्ध्यामा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भोली मनाइने रजत जयन्तीको उपलक्ष्यमा रक्त्तदानसहित विभिन्न १३ पुरस्कार एवं सम्मान वितरण गर्ने अध्यक्ष जीवन काफेलेले जानकारी दिए ।

संस्थाले आव २०७८/७९ मा ५४ करोड ९ लाख ५५ हजार हजार कारोवार गरी तीन करोड ७६ लाख ९४ हजार आम्दानी गर्न सफल भएको अध्यक्ष काफ्लेले बताए ।

संस्थाले आफ्ना सदस्यहरुलाई धितोको आधारमा न्यूनतम १२ प्रतिशत व्याजमा ५० लाख ऋण लगानी गर्नुका साथै सदस्यहरुका छोराछोरीलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्न हालसम्म ७५ जनालाई रकम उपलव्ध गराएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत सुत्केरी वापत सदस्यलाई पोषणभत्ता पाँच हजार, मृत्य हुँदा क्रिया खर्चवापत १५ हजार र ७५ वर्ष माथिका जेष्ठ सदस्यहररुलाई औषधि उपचार वापत वार्षिक दुई हजार उपलव्ध गराउने व्यवस्था रहेको छ ।

उच्च शिक्षा अध्ययन सम्पन्न गरेका सदस्यहरुका परिवारका सदस्यहरुलाई रजत महोत्वको उपलक्ष्यमा सार्वजनिक रुपमा गाउनसहित सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष काफ्लेले बताए ।

विसं २०४८ मा ३१ जना सदस्यहरुद्वारा स्थापित सहकारीको हाल मुलुकको ६८ जिल्लामा शाखा रहनुका साथै ३५ हजार सदस्य र तीन अर्व पूंजी परिचालन गर्न सक्षम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर