AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा एक जनाको शव फेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० भाद्र २०८२, सोमबार १६:०८
396
Shares
विराटनगर / विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ ।

आज दिउँसो भाटभटेनीको दोस्रो तल्लामा पूर्ण रुपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, हालै देशव्यापी रुपमा चर्किएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भाटभटेनीमा आगजनी गरेका थिए । सोही क्रममा लुटपाट गर्न सुपरमार्केटभित्र पसेका व्यक्तिको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको जानकारी दिइन् । ‘शव पूर्ण रुपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ,’ उनले भनिन्, ‘हामीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएका छौं र घटनाको थप अनुसन्धान गरिरहेका छौं ।’

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध सुरु भएको जेनजी आन्दोलनले केही दिनदेखि उग्र रुप लिएको छ । यसै क्रममा विराटनगरलगायत कोशी प्रदेशका विभिन्न स्थानमा रहेका भाटभटेनीका शाखाहरुमा तोडफोड र आगजनी भएको थियो ।

विराटनगरको भाटभटेनीमा प्रदर्शनकारीको एक समूहले एटिएम तोडफोड गर्ने प्रयास असफल भएपछि आगजनी गरेको बताइएको छ, जसका कारण सुपरमार्केट पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

आगजनीकै क्रममा अन्य व्यक्तिहरु पनि हराइरहेको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर