भारतदेखि अवैध रुपमा ल्याएको मोवाइल बनाउने उपकरण र ब्याट्री बरामद

खबर पूर्वाञ्चल, १६ चैत्र २०७७, सोमबार १७:४९

विराटनगर/ भारतदेखि अवैध रुपमा ल्याएको मोवाइलको ब्याट्री र मोवाइल बनाउने उपकरणहरू सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) रानीले आइतबार तस्करी भएर आएको मोवाइलको ब्याट्री र मोवाइल बनाउने उपकरण बरामद गरेको हो ।

सशस्त्र प्रहरीले स्यामसुम, नोकिया, एमआई, अपोलगायतका विभिन्न कम्पनीहरूको ब्याट्री बरामद गरेको छ । प्रहरीले बरामद गरेको १६ सय एम्पीयरदेखि ४ हजार ६ सय एम्पीयरसम्मका ब्याट्रीहरु रहेका छन् । सशस्त्र प्रहरीले ९ सय ४३ थान ब्याट्रीहरु र मोवाइलको स्क्रीन चेन्ज गर्ने तीन थान उपरकण पनि बरामद गरेको छ ।

बरामद भएको ब्याट्री र उपकरण ३ लाख ९० हजार ५ सय मुल्य बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलले जानकारी दिए ।

सशस्त्र प्रहरीले विराटनगर – १५ हुलास चौकदेखि अगाडी रहेको चाइना बजारदेखि उक्त सामाग्रीहरू बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । तस्करी गरि ल्याएको मोवाइल बनाउने उपकरण क्यारिङ्गवाले चाइना बजारको एउटा पसलमा लुकाएर राखेको थियो । लुकाएर राखेको अवस्थमा सशस्त्र प्रहरीको टोलीले उक्त सामान बरामद गरेको हो ।

तस्करीको उपकरण ल्याउने गिरोह भने फरार छन् । फरार भएकाको पनि प्रहरीले खोजीकार्य तिव्र बनाएको छ । नेपालमा भन्दा भारतमा चाइनाको इलेक्ट्रिक र मोवाइलको सामाग्रीहरूको ठूलो परिमाणमा आउने गर्दछ । नेपालमा भन्दा भारतमा मोवाइलको सामाग्रीहरूमा सस्तोमा पाइने भएकोले तस्करीमा लागेका गिरोहले अनेक जुक्ति लगाएर यस्ता सामाग्री नेपाल तिर तस्करी गर्दछन् ।

बरामद भएको समाग्री आवश्यक कारवाहीको बिओपी रानीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५