दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु लोकतन्त्र कमजोर बनाउनु हो : डा.कोइराला

खबर पूर्वाञ्चल, १ भाद्र २०७८, मंगलवार १८:१८
फाइल तस्वीर

विराटनगर / सत्तारुढ दल कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।

सरकारले अध्यादेश ल्याएर यसअघिका सरकारले गरेको गल्तीलाई नै निरन्तरता दिएको आरोप नेता डा. कोइरालाले लगाए । चलिरहेको संसद अन्त्य गरेर अन्य दललाई विभाजना गर्ने उदेश्यले राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याउनु कांग्रेसको संस्कार नभएको भन्दै डा.कोइरालाले सरकारले आफ्नो सुबिधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भएपनि यसले लोकतन्त्र कमजोर बनाएको बताए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अध्यादेश ल्याउँदा कांग्रेसले बिरोध गर्नु तर अहिले आफै सरकारको नेतृत्वमा गएपछि पुनः त्यही गल्ती दोहो¥याउन नमिल्ने डा.कोइरालाले बताए । यसले संसद र लोकतन्त्र दुबै कमजोर हुने डा. कोइरालाको भनाई छ । नेपाली जनताको भावनामाथि कुठाराघात हुने कुनैपनि कदम अहिलेको सरकारलाई चाल्ने छुट नभएको डा.कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५