पूर्वाञ्चल खबर
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद्, कटहरीको आयोजना तथा लाहुर्निप नेपालको प्राविधिक सहजीकरणमा सोमबारदेखि उक्त कार्यक्रम सुरु भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आदिवासी जनजाति समुदायलाई आफ्ना अधिकार र कानुनी व्यवस्थाबारे जानकारी हुनुपर्नेमा जोड दिए। उनले समाजको विकास र न्यायका लागि कानुनी साक्षरता पहिलो सर्त भएको बताए।
“आदिवासी जनजाति समुदाय आफ्नो हक, अधिकार र पहिचानका लागि सचेत हुनुपर्छ। त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिएका अधिकारहरूको ज्ञान हुनु अपरिहार्य छ,” अध्यक्ष चौधरीले भने, “यस्ता सचेतनामूलक कार्यक्रमले अगुवाहरूलाई सशक्त बनाउनेछ। आगामी दिनमा पनि गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
दुई दिनसम्म चल्ने यस अभिमुखीकरण कार्यक्रममा कटहरी गाउँपालिका भित्रका १८ वटा जातीय संघसंस्थाका ३६ जनाभन्दा बढी आदिवासी अगुवाहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई लाहुर्निप नेपालका अध्यक्ष दिनेश घले, सचिव भीम राई र अधिकारकर्मी राम सागर चौधरीले सहजीकरण गरिरहेका छन्।
कार्यक्रममा आदिवासी जनजातिहरूको आत्मनिर्णयको अधिकार, जल, जमिन र जंगलमाथिको अधिकारका साथै अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ महासन्धि १६९ र युएनड्रिप का प्रावधानहरूबारे छलफल गरिने आयोजकले जनाएको छ। कार्यक्रमले स्थानीय तहमा नीति निर्माण र योजना तर्जुमा गर्दा आदिवासी समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सघाउ पुर्याउने विश्वास लिइएको छ।