animated ellipse animated ellipse

कोशी प्रदेशको सभामुखमा राप्रपाका बिष्ट निर्विरोध निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ पुष २०८०, मंगलवार १५:५९
531
Shares
विराटनगर /कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले बिष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला तथा समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरेकी हुन् ।

सभामुखका लागि बिष्टको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि बिष्टलाई समर्थन गरेको हो। राप्रपाले समानुपातिक सांसद बिष्टलाई सभामुख बनाएको हो ।

सरकार गठनको रस्साकस्सीमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि प्रदेशमा लामो सयम सभामुख पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर