animated ellipse animated ellipse

प्रेमिकासहित दुई जना विरुद्ध ‘आत्महत्या दुरुसाहन’ मुद्दा दर्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० श्रावण २०८१, बिहीबार १६:०५
477
Shares
विराटनगर / सुनसरीको देवानगन्ज गाउँपालिका – ६ घर भई धनकुटा जिल्ला अस्पतालमा कार्यरत पाँचौ तहका ल्याबटेक्निसियन वर्ष २७ का अर्जुनकुमार मेहताको रहस्मय मृत्यु प्रकरणमा पक्राउ परेकी प्रेमिका सुशिलाकुमारी मेहतासहित दुई जना विरुद्ध मुद्दा दायर भएको छ ।

आत्महत्या दुरुसाहन मुद्दामा देवानगन्ज गाउँपालिका १ की २३ वर्षीया मेहता र चिन्टुकुमार मेहता विरुद्ध मोरङ अदालतमा बुधबार मुद्दा दायर भएको हो ।

चिन्टु कुमारलाई फरार प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायतर गरेको छ । चिन्टु सुशिलाको भाइ हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा (१) बमोजिम पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म कैद सजायको माग दाबी राखेर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ ।

अदालतमा अभियोग दर्ताभएपछि बिहीबार थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । प्रतिवादीको अदालतमा बयान सकिएपछि थुनछेक हुनेछ । थुनछेक आदेशले पुर्पक्षको लागि थुनामा पढाउने, साधरण तारेखमा छोड्ने वा धौरौटिमा छोडने आदेश गर्नेछ ।

अर्जुनको असार ९ गते विराटनगर ११ पिचरास्थित कोठामा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । अर्जुनका आफन्तहरुले सुशिला र उनका भाई चिन्टुले आत्महत्या गर्न बाध्य बनाएको भन्दै मोरङ प्रहरीमा ‘आत्महत्या दुरुसान’ मा किटानी जाहेरी दर्ता गराएको थियो । २५ असारमा सुशिला पक्राउ परेकी थिइन् । प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोग दर्ता गरेको हो ।

सुशिला र अर्जुन विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । प्रेमको नाटक गरेर सुशिलाले अर्जुनलाई ब्यालकमेलिङ गरेर धम्काउँदै ५० लाख रुपैयाँ माग गरेपछि अर्जुनले आत्महत्या गरेको उनले लेखेको सुसाइट नोटमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर