पूर्वाञ्चल खबर
गुठीले देवकुमारी थापा स्मृति सम्मान –२०८० बाट प्रसिद्ध हास्यब्यङ्ग्यकार रामकुमार पाँडेलाई नगद ५१ हजार र बबरसिंह थापा स्मृति सम्मानबाट कथाकार रिता ताम्राकारलाई २५ हजार सहित पुरस्कृत गरिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले स्रष्टाहरुलाई सम्मान गर्दै समाजमा रहेको विकृति, विसंगति र भेदभाव विरुद्ध साहित्यकारले आफ्नो कलम मार्फत चेतना जागृत गराउनका साथै समतामुलक समाज निर्माणमा लाग्नु पर्ने बताए ।
उनले तराई, पहाड, हिमाल जस्तो विविधता भएको मुलुकमा जनतामा साम्प्रदायिक सदभाव, धार्मिक सहिष्णुता, आपसी एकता एवं भाइचारा कायम राख्न साहित्यकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा प्रशंसा व्यक्त्त गरे ।
प्रदेश प्रमुख खापुङ्गले साहित्कारहरुलाई नेपालका तीन जनताले देखेको ,वुझेको एवं चिनेको चर्चा गर्दै समाज र जनतालाई स्रष्टाहरुले साहित्यमार्फत योगदान पु¥याएको धारणा राखे ।
पुरस्कृत हास्यव्यङ्ग्यकार पाँडेले हास्यब्यङ्ग्य साहित्यमा जनताको आवाज समावेश रहका हुन्छन भन्दै पीडाबाट निस्केने हास्यब्यङ्ग्यले जनता र समाजमा रहेका विकृतिलाई सुधार गर्नु नै मुख्य उद्देश्य रहेको बताए ।
कार्यक्रममा गुठीका अध्यक्ष प्रा कविराज न्यौपाने, सचिव दिनेश श्रेष्ठ,कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, विवश पोखरेल र प्रमोद प्रधानले स्व. देवकुमारी थापाको कथा नेपालका चार पुस्ताले अध्ययन गरेको बताए । सोही अवसरमा प्रदेश प्रमुख खापुङ्गले प्रमोद प्रधानद्वारा सम्पादित ‘देवकुमारी थापाका कथा साधना’ पुस्तकको विमोचन समेत गरे ।