AArya
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा मोरङका ५ सहित संक्रमणबाट प्रदेश १ मा १६ जनाको मृत्यु, मृतकको संख्या ८३० पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ जेष्ठ २०७८, बिहीबार १९:११
486
Shares
विराटनगर / कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६ जनाको ज्यान गएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३० पुगेको छ ।

प्रदेश १ को विभन्न अस्पतालमा पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको हो ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा ५ , विराटनगरको कोशी अस्पताल कोभिडमा र होम आइसोलेनसमा ३–३, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मेची अस्पताल भद्रपुरमा २–२ तथा न्यूरो कोभिड अस्पतालमा १ जना मृत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा सवै भन्दा बढी मोरङ जिल्लाका ५ जना संक्रमित रहेका छन् भने सुनसरीका ४जना, झापाका २ जना, इलाम र पाँचथरका १–१ जना तथा प्रदेश १ बाहिरका ३ जना रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर