विराटनगर / कोशी प्रदेश सरकारको शुत्रबार साँझ वसेको मन्त्रिपरिषदको वैठकले प्रदेशका योजनाहरु छनौट प्रक्रियाहरुलाई व्यवस्थित गर्ने निर्णय भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको वैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश ७५ को दफा ७ को उपदफा ६ वमोजिम प्रदेश विकास परिषदको वैठक यही जेठ २९ गते बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिए ।
यसरी अर्को निर्णयमा नेपाल सरकारबाट हस्तान्तरण भएका र प्रदेशमा आएका अधुरो योजनाहरु , क्रमागत योजनाहरु, वहुवर्षिय आयोजनाहरु , चालु आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न नभएका र बजेटका अपुग भएका योजनाहरु पुरा गर्न नेपाल सरकारसँग थप रकम मांग गर्ने निर्णय भएको भएको छ ।यि योजनाहरु सम्पन्न गर्न दुई अर्व तीन करोड ५० लाख ८७ हजार शसर्त अनुदान नेपाल सरकारसँग मांग गर्ने निर्णय भएको छ।