उनले सत्ता गठबन्धनका माओवादी केन्द्रका शिवकुमार मण्डललाई ४ हजार ३ सय ३४ मलेले पराजित गरे । निर्वाचित योगेन्द्रले २१ हजार ८२० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी शिवकुमारले १७ हजार ४८६ मत ल्याए । यस्तै तेस्रो स्थानमा जनता समाजवादी पार्टीका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका छन् ।
२५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका योगेन्द्र मण्डल पहिलोपटक राजनीतिक परीक्षा दिएर पास भएका छन् । पछिल्लो पाँच वर्षयता एमालेबाट मोरङ क्षेत्र नम्बर–५ मा केन्द्रीत राजनीति गरेका ५१ वर्षीय मण्डलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । २५ वर्षअघि उनले स्थापना गरेको जीवन विकास संस्था नेपालमा स्थापित लघुवित्त हो ।
२०५४ सालमा मण्डलले जीवन विकास समाज सुरु गरेका थिए । संस्था सुरु गर्नुअघि उनले दुई वर्ष गाउँमा निःशुल्क ट्युसन पढाए । तत्कालिन अमाहीवरियाती गाविस (हाल धनपालथान गाउँपालिका ) मा २०५२ देखि २०५४ सालसम्म निःशुल्क ट्यसन पढाएका कारण उनलाई स्थानीयले ‘जोगी सर’को उपनाम दिएका छन् । उनै मण्डलले पार्टीले टिकट नदिए पनि स्वतन्त्र उम्मेद्वार बनेर राजनीतिक पार्टीका स्थापित नेतालाई पराजित गरेका छन् ।
तपाईको प्रतिक्रिया