animated ellipse animated ellipse

थारु सामुदायको अधिकार स्थिापित गर्न एक जुट हुनुपर्छ : मन्त्री मोदी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ असार २०८०, शुक्रबार १९:४२
117
Shares
बेलबारी / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

मोरङको बेलबारी नगरपालिकाको डांगिहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मोदीले यस्तो बताएका हुन् ।

मन्त्री मोदीले एकजुट भएर अघि बढेमात्र सामुदायिक पहिचान स्थापित हुने भएकाले थारु सामुदायहरु फुटेर होईन जुटेर अघि बढ्नुपर्ने सुझाव दिए । उनले थारु समुदायले विगत देखिनै आफ्नो पहिचान स्थापित गर्न विभिन्न संघर्षहरु गर्दै आएको बताए । थारुहरुको पहिचान गुम्नबाट जोगाउन सामुदायिक संस्थाको रुपमा थारु कल्याणकारिणी सभाले बिशेष भुमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

समुदायको सर्वपक्षिय विकासका निम्ति सामाजिक चेतनाको अभियान समेत चलाउनुपर्नेमा मन्त्री मोदीले जोड दिए । मन्त्री मोदीले थारुहरु भुमिपुत्र रहेको उल्लेखगर्दै विगतमा मलेरियासंग लड्दै आएकाले थारु समुदायका अधिकांश ब्यक्तिहरुको जिनमा सिकल सिलेनिमियाको गम्भिर समस्या देखिएको उनको भनाई थियो ।

मन्त्री मोदीले थारु समुदायको उन्न्यनका निम्ति आफु मातहतको मन्त्रालयबाट हुनसक्ने सम्मको सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य दिलीपकुमार गच्छदार, प्रेदश सभा सदस्यद्वय चुमनलाल तवदार,जयप्रकाश चौधरी र आयोजक संस्थाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी,नेपाली काँग्रेसका मोरङ उपाध्यक्ष भक्तीनाथ माझीलगायतका वक्ताले थारु समुदायको योगदान र अवस्थाका बिषयमा बालेका थिए । उनीहरुले कल्याणकारिणी सभाले आफ्ना गतिविधिलाई थप प्रभावकारी रुपमा अघि बढाउनुपर्ने जोड दिए ।

सभाको १० औं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति समेत चयनगर्ने सभाका मोरङ अध्यक्ष प्रदिप भगतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर