AArya
animated ellipse animated ellipse

कटहरीको बजेट ५० करोड ८२ लाख

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ असार २०८१, बिहीबार १७:०३
117
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१/०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले आज दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेट वक्तव्यमा प्रशासनिक तथा संचालन खर्च ११ करोड ६८ लाख ८४ हजार र पूँजीगत ३८ करोड ३१ लख ९८ हजार बिनायोजन गरिएको छ । आम्दानीतर्फ आन्तरिक आय ५ करोड २० लाख, संघिय सरकारबाट समानिकरण अनुदान १२ करोड ८३ लाख, संघिय सरकारबाट सर्शत अनुदान १५ करोड ६४ लाख २० हजार, संघिय सरकारबाट राजश्व बाँडफाँड ९ करोड ७२ लाख, संघिय सरकार समपुरक अनुदान १ करोड ५० लाख, तराई मधेश समृद्ध कार्यक्रम अनुदान ९० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

यसैगरी प्रदेश सरकार समानिकरण अनुदान ८० लाख ५३ हजार, प्रदेश सरकारबाट सर्शत अनुदान १ करोड ९१ लख ८८ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ४९ लाख २१ हजार र प्रदेश सरकार समपुरक अनुदान १ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्राथामिकतामा राखेर बजेट ल्याएको छ । गाउँपालिकाले पूर्वाधार विकासको क्षेत्रमा ८ करोड ४० लाख रुपैयाँ बजेट विनायोजन गरेको छ । यसैगरी सामाजिक विकासको क्षेत्रमा ४ करोड ८२ लाख ७५ हजार ८३०, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनको क्षेत्रमा १ करोड ७२ लाख ८५ हजार, आर्थिक क्षेत्रको विकास एवं उन्नतिका लागि १ करोड ८२ लाख रुपैयाँ बजेट विनायोजन गरिएको छ । यसैगरी संस्कृति प्रवद्र्धनको लागि २२ लाख ७० हजार, खेलकुद तथा मनोञ्जनमा २४ लाख ५० हजार बजेट विनायोजन गरिएको छ ।

सोही अवसरमा गाउँपालिकाले ७ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । सर्वोत्कृष्ट कर्मचारीबाट सव इन्जिनियर खेमराज सुवेदी पुरस्कृत भएका छन् । यसैगरी उत्कृष्ट कर्मचारीहरुमा प्रशासन शाखा प्रमुख जानकीप्रसाद अधिकारी, वडा सचिब भानुभक्त खनाल, सहायक पाँचौ ओमविक्रम कटुवाल, कार्यालय सहयोगीहरुमा नन्दन भट्टराई, सोफिन्द्र कामत र रिता गरीलाई पुरस्कृत गरिएको छ ।

७८ बुद्धे नीति तथा कार्यक्रम
कटहरी गाउँपालिकाले शिक्षा, कृषि, उद्योग र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर आगमी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७२ बुद्धे आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा प्रस्तुत गरेका हुन् । उनले कृषी, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताए ।

गाउँपालिकाले सबै बालविकास कक्षाहरुमा एलसीडि टिभी व्यवस्था गरी प्रविधिमैत्री शिक्षण शिक्षालाई अगाडी बढाउने भएको छ । यसैगरी विद्यालय उमेरका सबै बालवालिकाहरुको लागि सहज गुणस्तरीय शिक्षा उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले आगमी आर्थिक वर्षमा १५ शैय्याको अस्पताल निमार्ण गर्ने भएको छ । १५ शैय्याको अस्पताल निमार्णको लागि न्यूनतम १५ कठ्ठा जग्गा निः शुल्क प्राप्त गर्ने प्रकृया सम्पन्न गरी संघीय सरकारसँगको सहकार्यमा अस्पताल निमार्ण गरिने अध्यक्ष चौधरीले बताए । कृषकहरुलाई पशुहरुको विरामीको अवस्था जाँच गरी जुकाको औषधी देखि एन्टीबायोटिक्स औषधीसम्म निःशुल्क वितरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर