AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दशैं र तिहार बिचमा भानु कलेजले गर्यो एमविविएस र इन्जिनियरिङको अतिरिक्त कक्षा सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ कार्तिक २०७९, शुक्रबार १६:५४
837
Shares
विराटनगर / विराटनगर – ०९ स्थित भानु कलेजले दशैं र तिहार बिचको समयलाई सदुपयोग गर्दै कक्षा ११ र १२ का विद्यार्थीहरुका निम्ति एमविविएस, इन्जिनियरिङ र मोकको अतिरिक्त कक्षाहरु सञ्चालन गरेको छ ।

तीन चरणमा लिइएको मोक परिक्षा असोज २६ गते, ३० गते र कार्तिक ४ गते भएको थियो । भानु कलेजको आफ्नै सफ्वेयरमार्पmत अनलाइन माध्यमवाट संचालन भएका मोक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विशेष कार्यक्रममा पुरस्कृत गरिने कलेजले जानकारी गराएको छ ।

विदाको समयमा घरमैबसी–बसी कलेजले संचालन गरेको परीक्षामा सहभागी हुन पाउँदा विद्यार्थीहरुले पढई प्रति थप उत्साहित भएको महसुस गरेका छन् भने छोराछोरीहरुका भविष्य प्रति जिम्मेवार भई कलेजले परीक्षा लिइएकोमा अभिभावकहरु सन्तुष्ट रहेको अभिभावकहरु बताउँछन् ।
आगामी दिनहरुमा पनि विद्यार्थीहरुको प्राज्ञिक उन्नयनका निम्ति यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर