खबर पूर्वाञ्चल
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले विराटनगरस्थित हेरीसन होटलमा मंगलबार आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थीहरूको ठूलो संख्यामा उपस्थित रहेको थियो ।
शैक्षिक मेलामा अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष रूपमा परार्मश लिएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज विराटनगरका निर्देशक अनुभव दाहालले जानकारी दिए । उनका अनुसार विराटनगर र सुनसरीको विभिन्न कलेजहरूका पाँच सय बढी विद्यार्थीहरूले विश्व विद्यालय र कलेजको बारेमा जानकारी लिने र बुझने अवसर स्थानिय स्तरमा प्राप्त गरेका थिए ।
शैक्षिक मेलामा चार देशका १५ वटा विश्वविद्यालय तथा कलेजहरूका प्रतिनधीहरूको सहभागि रहेको थियो । ‘विराटनगरमा आयोजना गरिएको एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर विद्यार्थीहरूको लागि बहुउपयोगी भएको हामीले महसुस गरेका छौं,’ उनले भने, ‘एउटै छानामुनि हुने शैक्षिक मेलामा विद्यार्थीहरूले विभिन्न देशको विश्वविद्यालयका प्रतिनिधीहरूसँग प्रत्यक्ष रूपमा त्यहाँको विश्विद्यालयको बारेमा जानकारी लिएका छन् । त्यसैले यो शैक्षिक मेला परामर्शको लागि बहुउपयोगी भएकोे हामीले विश्वास गरेका छौं ।’
विराटनगरपछि बुधबार झापाको विर्तामोडमा पनि ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर’ हुने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका कन्ट्री म्यानेजर विकास ज्ञावलीले जानकारी दिए । यसअघि नेपालका प्रमुख शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ र हेटौडामा पनि आयोजना गरिएको शैक्षिक मेलामा विद्यार्थीहरूको उपस्थीति उल्लेखिय रहेको उनले बताए । प्रमुख सहरहरुमा सकिएपछि काठमाण्डौंमा आउँदो शनिबार वृहत रुपमा शैक्षिक मेला हुने उनले बताए ।
‘विगतका बर्षहरुमा पनि एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न शैक्षिक मेला र गोष्ठीहरू गर्दै आएको थियो । यस्ता मेला र गोष्ठीबाट हजारौं विद्यार्थीहरू लाभान्वित भएर विदेशमा आफ्नो अध्ययनको अभिलाष पुरा गर्न सफल पनि भएका छन्, ‘उनले भने, ‘विगत दुई बर्षमा कोभिड १९ का कारणले हुन सकेको थिएन । अहिले सहज परिस्थिती भएपछि मेला आयोजना गरिएको हो ।’
नेपालका प्रमुख १६ शहरहरूमा विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा एक्सपर्ट एजुकेशसन शाखाहरु संचालनमा रहेको छ । एक्सपर्ट एजुकेशले विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको बताएको छ ।