RUMPUM
animated ellipse animated ellipse

विराटनगरको सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० मंसिर २०८०, बुधबार १६:५७
738
Shares
विराटनगर / विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।

आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव नचिनिने अवस्थामा रहेको छ ।

यसअघि आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको थियो ।

न्युरोमा उपचार गराईरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरुको शरिरमा ८० प्रतिशतभन्दा धेरै जलेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । घाइतेमध्ये कोशी अस्पतालमा उपचार गराइरहेका एक जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । अहिले आगो भने नियन्त्रण भइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर