AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अष्ट्रेलियामा विराटनगर समाज स्थापनाः सीप र प्रविधि लिएर युवा फर्किए नेपाल छिट्टै समृद्ध बन्ने पुरीको भनाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०८१, आईतवार १८:२६
1.28k
Shares
सिड्नी, अष्ट्रेलिया / विभिन्न उद्देश्यका साथ विराटनगरबाट अष्ट्रेलियामा गई बसोबास गर्दै आएका नेपालीहरु संगठित भएका छन् ।

आज अष्ट्रेलियाको सिड्नीमा विराटनगर समाजको स्थापना गरिएको छ । नेपालीहरूको एकताका लागि विशेष महत्व राख्ने ‘विराटनगर समाज अस्ट्रेलिया’ को आज एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको हो । विवेक पुरीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्षमा टार्जन बुढाथोकी र महासचिवमा दिपेश धिमाल चयन भएका छन् । यस्तै समाजको सचिवमा समिक्षा सुवेदी, र कोषाध्यक्षमा रवि कार्की चयन भए। राज फुयाँल अनुपमा बाँस्तोला र धिरज सिंह समाजको कार्यकारी सदस्य चयन रहेको अध्यक्ष पुरीले जानकारी दिए।

समाजको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि, हिमालय मातृभूमि फाउण्डेशन नेपालका अध्यक्ष टिकाराम पुरीले युवाहरुले प्रवासमा सिकेका सीप र प्रविधिलाई स्वदेशमा प्रयोग गरे नेपाल चाँडै समृद्ध बन्ने बताए। उनले प्रवासी नेपालीहरूलाई विदेशमा रहँदा प्राप्त गरेका सीप र ज्ञानलाई आफ्नो मातृभूमि नेपालका लागि उपयोग गर्न समेत आग्रह गरे।

पुरीले भने, ‘तपाईंहरूले यहाँ विदेशमा बसेर जुन ज्ञान, अनुभव, र सीप सिक्नुभएको छ, त्यसलाई नेपालमा प्रयोग गर्नुहोस्। हामीले नेपाली र गैरआवासीय नेपाली (एनआरएन) बीचको समन्वयलाई अझ बलियो बनाएर नेपाललाई आर्थिक र सामाजिक रूपमा विकास गर्नुपर्छ। नेपाललाई नयाँ युगको विकासमा अघि बढाउनका लागि नयाँ सोच र योजनाका साथ काम गर्नुपर्छ ।’

पुरीले आगामी चुनावमा राजनीतिक दलहरूले योजना बनाउँदा हिमाल, पहाड र तराईको भूगोललाई ध्यानमा राखेर अघि बढ्नुपर्ने तर्क गर्दै भूगोल अनुसारकै विकासका योजना बनाउनुपर्ने बताए। उनले भने,‘नेपालको भौगोलिक संरचना अनुसार योजना बनाउन हामी सबैले जोड दिनुपर्छ, त्यसो भएमात्र देशलाई सन्तुलित विकासतर्फ अघि बढाउँछ।’ उनले नेपालको तिब्र विकासका लागि कृषि र पर्यटनको क्षेत्रबाट मात्र सम्भव भएको बताए। उनले भने,‘केहि वर्षभित्रै नेपालको विकासमा फड्को मार्न कृषि र पर्यटनको विकासलाई आधार मानेर अघि बढ्नुपर्ने बताए। विश्वभर छरिएर रहेका युवाहरुलाई लक्षित गर्दै पुरीले भने,‘तपाईहरुको सीप र प्रविधिको उपयोग हुन सके नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन, हामी चाँडै पर ब्यक्ति आयलाई दशौं गुणा बढाउन सक्छौं ।’

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट्स एसोसिएसनका उपाध्यक्ष सत्य कँडेल, र अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष भूपाल सिटौलाले पनि सम्बोधन गरे। समाजका संस्थापक अध्यक्ष विवेक पुरीले विराटनगर समाज अष्ट्रेलियाको उद्देश्य, महत्त्व, र भावी योजनाहरूको चर्चा गर्दै समाज विराटनगरवासीहरूको लागि मात्र नभई, अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायको एकता र समृद्धिका लागि स्थापित गरिएको बताए। उनले यस समाजले सामाजिक, सांस्कृतिक, र शैक्षिक गतिविधिहरू सञ्चालन गरी नेपाली पहिचानलाई विदेशमा पनि जीवन्त राख्न भूमिका खेल्ने विश्वास ब्यक्त गरे । नेपालबाट हजारौं किलोमिटर टाढा भए पनि हामीले हाम्रो नेपालीपन जोगाइ राख्नुपर्छ भन्दै उनले समाजले अस्ट्रेलियामा मात्र नभई, नेपालमा पनि सकारात्मक परिवर्तन ल्याउन सहयोगी भूमिका खेल्ने बताए। उनले भने, ‘यो समाजले अष्ट्रेलियामा बस्ने नेपालीका लागि मात्रै हैन विराटनगरसँग पनि नजिकबाट सहकार्य गर्ने योजना बनाएको छ । उनले विराटनगर समाज अस्ट्रेलियाको स्थापना नेपाली समुदायको साथ र सहयोगले नै सम्भव भएको समेत उल्लेख गरे ।

समाजलाई सफल बनाउन सबैको निरन्तर साथ र समर्थन आवश्यक रहेको भन्दै अध्यक्ष पुरीले यसलाई विदेशमा बस्ने नेपालीहरूको साझा मञ्चको रूपमा स्थापित गरिने बताए।

कार्यक्रममा समाजका उपाध्यक्ष टार्जन बुढाथोकीले स्वागत मन्तब्य राखे भने सदस्य अनुपमा बाँस्तोलाले सञ्चालन गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर