पूर्वाञ्चल खबर

बेलविवाह रजस्वला हुनुअघि अनिवार्य रुपमा नेवार कन्याहरुले गर्नुपर्छ । शिवपुत्र कुमारलाई बेलको स्वरुपमा लिई कन्यासँग विवाह गर्ने चलन छ । झी ः पुच परिसरमा सामूहिक बेलविवाहका लागि बेहुली झैँ चिटिक्क सिँगारिकी ४० जना कन्याहरूको सहभागि थिए । उनीहरू निकै खुशी देखिन्थे ।
धार्मिक विधिपूर्वक होमयज्ञ गरी बेलसँगै सुनको प्रतिमा सूर्यलाई अर्पण गरी विवाह गर्ने र बुबाले कन्यादान गर्ने चलन छ । यसरी बेलविवाह गरेपछि नेवार कन्या कहिलै विधवा नहुने मान्यता रहेको छ ।
सामूहिक बेलविवाहमा सहभागि कन्याहरुलाई पूजा सामग्रीहरु झी: पुचले उपलब्ध गराएको थियो । सामूहिक बेलविवाहले खर्च घटाउने र सामूहिक भावनासँगै संस्कृति संरक्षणमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । बेलविवाहमा दुलही जस्तै सिँगारिएका ४ देखि ११ वर्ष उमेर समूहका कन्याहरुको सहभागिता थियो ।