पूर्वाञ्चल खबर
वैशाख ३० गते हुने निर्वाचनमा विराटनगर ११ को वडाअध्यक्षमा आठ जना उम्मेदवारी चुनावी मैदानमा उत्रिए पनि मुख्यगरी पाँच जना बिच प्रतिस्पर्धा हुने देखिएको छ ।
वडाअध्यक्षबाट राजिनामा दिएर चुनावी मैदानमा उत्रिएका नकेपा एमालेबाट तिर्थेन्द्र न्यौपाने, जनता समाजबादी पार्टी (जसपा) बाट गणेश साह, काँग्रेसबाट रामसुन्दर राजवंशी, एकीकृत समाजवादीबाट घनेन्द्र थापा र स्वतन्त्रबाट उम्मेदवारी दिएका निर्मल तामाङ्गबीच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
२०७४ सालको निर्वाचनमा एमालेबाट तिर्थेन्द्र न्यौपानेले वडाअध्यक्षमा जितेका थिए । अँसन्न स्थानिय तहको निर्वाचनमा तिर्थेन्द्रसहित नयाँ अनुहारका युवा चुनावी मैदान छन् ।
जसपाबाट उम्मेदवारी दिएका साह सामाजिक कार्यमा सक्रिय युवा हुन् । यस्तै एकीकृत समाजबाट उम्मेदवारी दिएका थापा शिक्षक हुन् । स्वतन्त्र उम्मेदवार तामाङ्ग सुचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका छन् । सुशानको क्षेत्रमा काम गर्दै आएका तामाङ्गले आफुले जिते वडा भित्र सुशासन कायम गर्ने बताएका छन् ।