AArya
RUMPUM
animated ellipse animated ellipse

प्रतिबन्धित पाँच सय दरका भारतीय नोटसहित विराटनगरबाट एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०७७, शुक्रबार १८:११
1.49k
Shares
विराटनगर / प्रतिबन्धित पाँच सय दरका भारतीय नोटसहित विराटनगरबाट एक जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकबाट अवैध एक लाख ३२ हजार पाँच सय रुपैयाँसहित धनुषाका ४३ वर्षीय सन्तोष महतोलाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको हो ।

दुई दिन अगाडि चोरबाटो हुँदै लुकीछुपी भारत गएका उनी नेपाल प्रवेश गरेपछि चेकजाँचको क्रममा प्रतिबन्धित नोटसहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट रानी विराटनगरले उनलाई पक्राउ गरेको हो ।

सुनसरीको इटहरी–६ आइतबारेमा डेरा बस्दै आएका उनी दरैया नाका हुँदै नेपाल छिरेको खुलेको छ । चेकजाँच गर्ने क्रममा महतोले बोकेको झोलामा प्रतिबन्धित भारतीय नोट फेला परेको पौडेलले बताए ।

झोला भित्र लुकाएर नेपाल ल्याएको भारतीय रुपैयाँ हुन्डी कारोबारको हुनसक्ने प्रहरीको आशंका छ । भारतीय पाँच सय रुपैयाँको नोट नेपालमा सरकारले प्रतिबन्धित लगाएको छ । बरामद भएको भारुतीय रूपैयाँको महतोले स्रोत पनि खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको भारु ५ सयको २ सय ६५ थान रहेको छ । बरामद भएको रकम नेपाली २ लाख १२ हजार रुपैयाँ हुन्छ । पक्राउ परेका महतोले भने भारतमा बहिनीलाई सापटी दिएको पैसा फिर्ता ल्याएको बताएका छन् ।

बरामद भारतीय रुपैयाँ र पक्राउ परेका महतोलाई आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर