AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रमपम ट्रेड एक्स्पोे थप एक दिन बढ्यो, ६ दिनमा १५ करोडको कारोबार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०७८, बुधबार १९:३६
405
Shares
विराटनगर / विराटनगरमा जारी रमपम ट्रेड एक्स्पो–२०२२’ को १ दिन थप गरिएको छ ।

‘मोेरङ व्यापार संघको आयोजनामा लागेको एक्स्पो १ दिन थप गरिएको एक्स्पो परिसरमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले मेलाको समयावधि थप गरिएको जानकारी दिएको हो ।

यसअघि चैत्र १८ गतेदेखि सुरु भएको व्यापार मेला चैत्र २६ गते सम्पन्न हुने बताईएको थियो । तर, उपभोक्ता तथा व्यापारीहरुको माग बमोजिम अब एक्स्पो २७ गते आईतबार सम्पन्न हुने जनाईएको छ । आईतबार साँझ भने एड्रीन प्रधानको साङ्गितिक कार्यक्रमको व्यवस्था मिलाईएको एक्स्पोका संयोजक विकास बेगबानीले बताए । उनले आईतबार दिनको ११ बजे मेलाको औपचारिक समापन कार्यक्रम हुने जानकारी दिए । उनले भने, ‘मेलाको समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्रीलाई आमन्त्रण गरेका छौं ।’

आयोजकले हालसम्म विराटनगरका १४ वटा विद्यालयका विद्यार्थीहरुलाई मेलामा निःशुल्क भिजिट समेत गराईसकेको जनाएको छ । व्यापार मेला हालसम्म १ लाख ८० हजार बढी उपभोक्ताहरुले अवलोकन गरिसकेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा हालसम्म १५ करोड बराबरको कारोबार भएको छ । मेलामा सबैभन्दा बढी इलेक्ट्रोनिक्स र अटोमोबाईल्सका उत्पादनहरु बिक्री वितरण भएको बताईएको छ ।

व्यापार मेलामा बिहीबार सबिन राई र शुक्रबार भने इन्दिरा जोशी र शनिबार मिलन नेवारको साङ्गितिक प्रस्तुतीको तयारी रहेको आयोजकले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर