महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

खबर पूर्वाञ्चल, २३ श्रावण २०८०, मंगलवार १८:३२
360
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।

महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

सुनसरीको धरानलगायतका केही स्थानमा डेंगुको संक्रमण फैलिएपछि महानगरले पूर्व तयारीलाई समेत व्यापक बनाएको छ । यसअघि महानगरको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले विराटनगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगु रोगको किटबाट परीक्षण गर्दा ६ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिसकेको छ । डेंगुको परीक्षण गर्दा निजी स्वास्थ्य संस्था र अस्पतालहरुले १८ सय रुपैयाँसम्म शुल्क लिने गरेको गुनासो आएको थियो । “महानगरसित भएको स्रोत साधनबाट महानगरवासीलाई अधिकतम् सेवा दिने हाम्रो उद्देश्य रहेको छ,” मेयर नागेश कोइरालाले भने, “तत्कालका लागि महानगरपालिका मातहत रहेको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएका छौं ।”

महानगरले हरेक शुक्रबार डेंगु खोज र नष्ट गर अभियानसमेत सञ्चालन गर्दै आएको छ । हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म १९ वटै वडामा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, समाजसेवी, राजनैतिक दल, विभिन्न संघसंस्थाको सहभागितामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५