AArya
animated ellipse animated ellipse

विराटनगरसहित आज एकैदिन थप १ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०७७, आईतवार १८:५०
3
Shares
विराटनगर / आज विराटनगरसहित एकैदिन थप १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विराटनगर सहित थप १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । जसमध्ये २ सय २० जना कोरोनामुक्त हुँदै घर फर्किएका छन् भने ८ जनाको कोरोनाबाट ज्यान गएको छ ।

विराटनगर– १२ की ४५ बर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरस्थित कोशी अस्पतालमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् ।

संक्रमित महिला केहीदिन अघि मात्रै भारतबाट जोगबनी नाका हुँदै विराटनगर आएकी थिईन । विराटनगर आएपछी होम क्वारेन्टाइनमा बसेकी उनको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डा. मिश्राले जानकारी दिइन् ।

यसअघि विराटनगरमा वडा नं. ६ की एक महिला र वडा नं. १५ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै प्रदेश १ को राजधानी विराटनगरमा मात्र कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मोरङमा संक्रमितको संख्या ६ पुगेको छ । २ जना रतुवामाइ नगरपालिकाका हुन ।

विराटनगरबाहेक तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर