डिडिसिमा अनुगमन : गुणस्तर परीक्षण गर्न दूध र चिजको नमूना संकलन

खबर पूर्वाञ्चल, २९ माघ २०७९, आईतवार १९:०८
81
Shares

विराटनगर / विराटनगरस्थित दुग्ध विकास संस्था (डिडिसि) बाट उत्पादन भएको खाद्यबस्तुको नमूना संकलन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आइतबार डिडिसि अनुगमन गरी उत्पादिक हुने दूध र चिज परीक्षणको लागि नमूना संकलन गरेको हो ।

डिडिसिको उत्पादन खाद्यबस्तु दुर्घन्द भएको उपभोक्ताहरुबाट जनगुनासो आएपछि उत्पादित खाद्यबस्तुको ल्याब परीक्षणको लागि नमूना संकलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । ‘डिडिसिको अनुगमन गरेर स्याम्पल कलेक्सन गरिएको छ,’ उनले भने, ‘स्याम्पल परीक्षणको लागि खाद्य प्रविधिको ल्याबमा ल्याएको छ ।’ ल्याब परीक्षण पछि मात्र रिपोर्ट आउने उनले बताए ।

विराटनगर दुग्ध विकास संस्थाले प्रदेश १ भरीको जिल्लाबाट दूध संकलन गर्दै आएको छ । अहिले दैनिक १३ हजार लिटर संकलन हुने गरेको छ । दुध चिस्याउने ४१ हजार लिटर क्षमताको उपकरण रहेको छ । संस्थानसँग १ लाख ५ हजार लिटर क्षमताको भण्डान गर्न सक्ने उपकरणहरु रहेको छ । संस्थानमा सबैभन्दा बढी इलामबाट दूध संकलन हुने गरेको छ । डिडिसीबाट एक दर्जन बढी खाद्य बस्तु उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५