AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रियताको कुरा गर्ने राजेन्द्र महतो भारतीय गाडी चढेर विराटनगरबाट हुइँकिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ भाद्र २०८२, मंगलवार १५:५५
117
Shares
विराटनगर / राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंगलबार विराटनगरमा राष्ट्रियताको भाषण दिएर चर्चामा आएका छन्।

नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा भएको पत्रकार सम्मेलनमा उनले कांग्रेस, एमाले र माओवादीलाई देश बर्बाद पारेको आरोप लगाए। तर कार्यक्रम सकिएपछि भारतीय नम्बर प्लेटको गाडीमा चढेर फर्किएको घटनाले उनको विरोधाभासपूर्ण आचरणलाई उजागर गरेको छ।

महतोले पत्रकार सम्मेलनमा देशको वर्तमान राजनीतिक अवस्थामाथि कडा टिप्पणी गर्दै भने, ‘सातवटा संविधान बने पनि देश सबैको साझा हुन सकेन ।’ उनले जनताको भावना नसमेटिने संविधान बनाउने ठूला दलहरूको आलोचना गरे। ‘

पृथ्वीनारायण शाहले बनाएको नेपाल साझा फूलबारी थियो तर अहिले त्यो कायम गर्न सकेनौं,’ उनको भनाइ थियो। विविधताले भरिएको नेपालमा सबैलाई एउटै ढाँचामा अट्याउन खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। तर कार्यक्रम सकिएपछि अप्रत्याशित दृश्य देखियो ।

सभाहलबाट बाहिरिएका महतो बिहार राज्यको नम्बर प्लेट भएको गाडीतर्फ लम्किए। यो देखेर पत्रकारहरूले ‘राष्ट्रियताको कुरा गर्दै भारतीय गाडी किन चढ्नुभयो ? भनेर प्रश्न गरे। जवाफमा महतोले भने, ‘के नेपालले गाडी बनाउन सकेको छ ? बनाएको छैन भने चढ्नैपर्छ नि ।’ यसैसँगै उनी त्यही गाडीमा बसेर गन्तब्यतर्फ लम्किए।

राष्ट्रियताको नाममा भावनात्मक भाषण दिएर व्यावहारिकतामा उल्टो आचरण गर्ने यस्तो प्रवृत्तिले राजनीतिक नेताहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। महतोले समावेशी राष्ट्र निर्माणको आह्वान गर्दै भनेका थिए, ‘देश हिमाल, पहाड, तराई, मधेश सबैको हो। सबैको पहिचान स्वीकार नगरी साझा नेपाल बन्दैन।’ उनले अमेरिका र भारतको संविधानको उदाहरण दिँदै नेपालमा संविधान बनाउने तर आत्मसात नगर्ने प्रवृत्तिको आलोचना गरेका थिए।

नेपाली राजनीतिमा व्याप्त यस्तो दोहोरो मापदण्डले देशको विकासमा बाधा पुर्‍याउने र जनताको राजनीतिप्रतिको विश्वासमा क्षति पुर्‍याउने देखिन्छ। राष्ट्रियताको नाममा भावनात्मक भाषण दिएर व्यवहारमा विपरीत आचरण गर्ने यस्तो प्रवृत्तिले नेपाली राजनीतिको गुणस्तरमाथि नै प्रश्न खडा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर