विराटनगर / सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले देशको आन्तरिक सुरक्षामाको महत्व सबैभन्दा ठूलो कुरा सीमा सुरक्षाबाट हुने बताएका छन् ।
मोरङको जहदा गाउँपालिका – ७ मा रहेको तारिगामा र मधुमल्लामाको बोर्डर आउट पोस्ट ( बिओपी) को बिहीबार स्थापना गर्दै डिआइजी पोखरेलले सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा पनि मजदुत भएर जाने बताएका हुन् । यसरी सीमा क्षेत्र कडाइ गरी आन्तरिक सुरक्षामा टेवा दिने उनको भनाई छ ।
‘सीमा सुरक्षा प्रभावकारी रुपमा भयो भने आन्तरीक सुरक्षा ७० प्रतिशत समस्याको सावधान हुन्छ,’ उनले भने, ‘चोरी, निकासी, लागूऔषध, अपराधलगायतका अन्य विभिन्न घटनाका जुन आन्तरिक सुरक्षामा घटछन् । त्यो नियन्त्रणमा आउनेछ ।’जनताको शान्ति सुरक्षा कायममा कुनै कसुर बाँकी नराख्ने उनले बताए । प्रहरी जनताको सेवक भएकोले शान्ति सुरक्षा कायम गर्दै आर्थिक अनुसानको बाटोमा अगाडी बढने बताए ।
‘जनताको करबाट उठेको रकमले यो बर्धी र रासन खाएका छौं । यो बर्धीबाट कुनै पनि कमिकम्जोरी हुने छैन,’ डिआइजी पोखरेलले भने, ‘ यदी कसैले गल्ती गर्दछ भने हामी निर्मम रुपमा उत्रिनेछौं । म आएपछि पनि शुद्धिकरण भएको छ । कमान्डरहरु परिवर्तन भएका छन् । गलत काम गर्नेलाई कारवाहीको दायारमा ल्याएका छौं ।’
सरकारले नेपाल भारत सीमा क्षेत्रमा ५ सय बिओपी स्थापना गर्ने लक्ष्य अनुसार अहिलेसम्म देशभर २ सय ८५ वटा बिओपी स्थापना भएको उनले बताए । योसँगै मोरङमा ६३ किलोमिटर नेपाल–भारत सीमा भएको क्षेत्रमा तीन वटा प्रस्थाबित गुल्म र १० वटा बिओपी भएको छ । कोशी प्रदेशमा नेपाल –भारतको सीमा क्षेत्रको दुरी ४२७ किलोमिटरमा १० वटा प्रस्थापित गुल्म र ४७ वटा बिओपी स्थापना भएको डिआइजी पोखरेलले बताए । ११ किलोमिटरको दुरीमा बिओपीहरु रहेको उनले बताए । सीमा क्षेत्रमा १ हजार ४ सय सशस्त्र प्रहरी सुरक्षामा खटिएको बताए । पहाडी जिल्लाहरुबाट सशस्त्र प्रहरी ल्याएर तराइको सीमा क्षेत्रमा सुराक्षाकर्मीहरु परिचालन गरिएको छ ।
‘यसअघि एउटा बिओपीमा १४÷१५ जना सुरक्षाकर्मी खटिएका थिए । म आएपछि स्थरउन्नती गरेर अगाडी बढाएको छु,’ उनले भने, ‘सहीको नेतृत्वमा रहेको बिओपीमा २० जना, प्रहरी निरीक्षकको नेतृत्वमा रहेको बिओपीमा २५ जना र डिएसपीको नेतृत्वमा रहेको गुल्ममा ३० जना जनशक्तिको व्यवस्था गरी सीमा सुरक्षामा खटाउने नीति लिएको छु । यो नीति कार्यन्वयन गर्न पहाडी जिल्लामा खटिएका जनशक्तिलाई तराइमा ल्याएको छ ।’
तपाईको प्रतिक्रिया