animated ellipse animated ellipse

ग्यालेक्सी होटल स्कुल र कान्तीपुर कलेजमा विद्यार्थीहरूलाई स्वागत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ श्रावण २०८१, सोमबार १८:१४
648
Shares
विराटनगर /विराटनगर १० स्थित ग्यालेक्सी होटल स्कुल र कान्तीपुर कलेजमा होटल म्यानेजमेन्ट विषयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई स्वागत कार्यक्रमको आयोजना गरिएको छ।

विराटनगरमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व ग्यालेक्सी होटल स्कुल प्रालीका अध्यक्ष धीजनबाबु काफ्लेले गरेका थिए । कार्यक्रममा कक्षा ११ होटल म्यानेजमेन्ट विषयका तथा बेलायतबाटबाट मान्यता प्राप्त हायर डिप्लोमा इन होटल म्यानेजमेन्टका झण्डै १६७ नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमले आजको विश्व समुदायको माग बमोजिमको शिक्षा प्रदान गर्न राज्यले समेत भूमिका खेल्नुपर्ने बताए।

त्यसैगरी विराटनगर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख कृष्ण कृष्ण भट्टराईले होटल म्यानेजमेन्ट जस्तो प्राविधिक विषयमा अब्बल विद्यार्थी उत्पादन गर्न यस्ता विद्यालयले महत्त्वपूर्ण भूमिका खेलेको तथा महानगरले यस्ता कार्यक्रममा यथाशक्य सहयोग गर्ने बताए।

नवप्रवेशी विद्यार्थीहरूलाई सम्बोधन गर्दै विद्यालयका सिनियर सेफ तथा सञ्चालक कुमार दाहालले विद्यालयको तर्फबाट प्रयोगात्मक सीप र ज्ञान अभिवृद्धिमा अत्यन्तै कुशल, दक्ष तथा अनुभवी शिक्षक शिक्षिका मार्फत पठनपाठन गराइने जानकारी दिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सभापति काफ्लेले विद्यार्थीहरूको प्राज्ञिक विकासको लागि भौतिक संरचनाको पनि महत्त्वपूर्ण भूमिका हुने भएकोले नै दक्ष र ख्याति प्राप्त प्रशिक्षकहरूको प्रशिक्षण र तालिमसँगै यसै वर्षदेखि सुविधासम्पन्न कक्षाकोठामा बातानुकुलित प्रविधि अर्थात् एसी जडान गरी सम्पूर्ण कक्षा सञ्चालन गर्ने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर