AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मनमोहनले तयार पारो पाँच बर्षे रणनीति योजना, प्राकृतिक चिकित्सातर्फको स्नातक तहको पढाइ हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ असार २०८०, आईतवार १८:१७
162
Shares
विराटनगर / देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ ।

कोशी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष २०८० देखी २०८५ सम्मका लागि आफनो रणनीति योजना तयार गरेको हो ।

मनमोहनले पाँच बर्ष भित्र कुन कुन बिषयको के कसरी पठनपाठन गराउने , भौतिक पूर्वाधार अनि दक्ष जनशक्त्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरुलाई कुन मूल्याङकनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच बर्षे रणनीति तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए । उपकुलपति पोखरेलका अनुसार रणनीति निर्माणमा विज्ञहरु हिक्मतबहादुर बस्नेत र भवानी सुवेदीले सहयोग गरेका थिए । शिक्षक र कर्मचारीहरुलाई पुरस्कृत गर्ने आधारबारे प्राध्यापक डिल्ली प्रसाईले जानकारी गराएका थिए ।

छलफलमा पूर्वाञ्चल विश्वविद्यालयको ईन्जिनियरिङ संकायका डिन देविप्रसाद भट्टराई ,प्राध्यापक कृष्ण पोखरेल , मदनभण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल , उद्योगी सोमनाथ अधिकारी , उद्योग संगठन मोरङका पुर्व अध्यक्ष मुकेश उपाध्याय लगायतले आवश्यक सुझावहरु दिएका थिए ।

पाँच बर्षे रणनीति छलफलमा बोल्दै उपकुलपति डा सुवासश्री पोखरेलले देशकै पहिलो प्राविधिक विश्विद्यालय मनमोहनले छोटो समयमै आफनै अनुसन्धान केन्द्र स्थापना गरेर पाँच वटा विषयमा अनुसन्धान गरिसकेको जानकारी गराए । उनले मनमोहन लोकसेवा हैन आफनै दक्षतामा रोजगार पाउने गरि दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने लक्ष्यलाई उच्च प्राथमिकता दिइरहेको जानकारी गराए । उनले दक्ष जनशक्त्तिहरु विदेश पलायन हुने क्रमलाई रोक्न मनमोहन सफल हुँदै जाने विश्वास व्यक्त्त गरे ।

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल आधारभुत , मध्यस्तर र उच्चस्तरको प्राविधिक जनशक्त्ति उत्पादन गर्नेगरि पठनपाठन सुरु भैरहेको छ । मनमोहनमा हाल ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिोनिक्स अनि पारामेडिकलतर्फ विफार्मेसी स्नातकतर्फको पठनपाठन भैरहेको छ । चालु शैक्षिक सत्रदेखी प्राकृतिक चिकित्सातर्फको स्नातक तहको कक्षा पनि सुरु गर्ने तयारी भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर