गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर मनाइदै

खबर पूर्वाञ्चल, १ माघ २०७७, बिहीबार ११:३८

विराटनगर / गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा मन्त्रिपरिषदको विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो । जसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालय संग छ ।

नेपालमा पनि योगका कार्यक्रमहरु चल्न थालेका छन् । पतन्जली योग समिति मोरङले आज एक कार्यक्रमको आयोजना गरी योग दिवस मनाएको छ ।

कार्यक्रममा सहभागी विराटनगर महानगरका मेयर भीम पराजुलीले योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुने भएकाले यसको विस्तार र प्रचारको आबश्यकता रहेको औल्याए । उनले महानगर क्षेत्रलाई योगमय वनाउने कामको शुरुवात भइसकेको बताए ।

मोरङमा भएको योग कार्यक्रमको पतन्जली योग समितिका अध्यक्ष ध्रुव तामाङ , विराटनगर अध्यक्ष सिल्पा प्याकुरेलले संयोजन गरेका थिए । यसका अलावा देशका विभिन्न स्थानमा आज योगका कार्यक्रम भइरहेका छन् । योगको सुरुवात नेपालको बैदिककालदेखि चलेको देखिन्छ तर समय परिवर्तन संगै मानिसले यसलाई अवलम्वन गर्न छाडेका थिए । बर्तमान समयमा भने पुनः यसको अवलम्वन गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५